आईपीएलमा हैदरावादले लखनउलाई १० विकेटले हरायो

1.88k
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्सले लखनउलाई १० विकेटले पराजित गरेको हो।

लखनउले दिएको १६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमा विना विकेटको क्षतिमा पुरा गरेको थियो । हैदरावादको जितमा अभिषेक शर्माले २८ बलमा ७५ तथा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाएका थिए। यो आईपीएलको इतिहासमा कुनै पनि टिमले १० ओभर अगाडी नै बनाएको सबैभन्दा बढी रन हो।

यसअघि लखनउले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो। यो जितपछि हैदारावाद १२ खेलमा १४ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै लखनउको भने १२ खेलमा १२ अङ्क रहेको छ र अङ्क तालिकामा छैटौँ स्थानमा छ।