बी डिभिजन क्लबहरूको बैठक भएन

470
Shares

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष र महासचिव उपस्थित नभएपछि मंगलबार बी डिभिजन लिगका क्लबहरूसँग हुने बैठक रद्ध गरिएको छ।

एन्फाले आगामी वर्ष हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजनाका लागि सबै १४ टोलीका प्रतिनिधिलाई बोलाइएको हो । तर एन्फाका अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई दुवै अनुपस्थित भएकाले क्लबका पदाधिकारीहरुले बैठक बस्न नमानेको बी डिभिजनका एक प्रतिनिधिले बनाए।

ती प्रतिनिधिका अनुसार अध्यक्ष र महासचिव नै बैठकमा नबसेपछि बैठक चलाउने कुरै भएन। एन्फाको स्रोतअदुसार महासचिव उदयपुर पुगेका छन् भने अध्यक्ष नेपाली राष्ट्रिय फुटबल टोलीसँगै बेलायतमा छन्।

गत चैतमा बी डिभिजन लिग संचालन गर्ने भनेर मिति तोएिको थियो। तर, बैसाख सकिन लाग्दा पनि अर्को मिति तय गर्न सकेको छैन । केही पदाधिकारीहरू पनि यो वर्ष बी डिभिजन लिग हुनेमा शंका गर्दछन्।