बहराइनमा पुर्णिमाको प्रस्तुति

420
Shares

काठमाडौं ।

गायिका पुर्णिमा लामाले हालै बहराइनमा आयोजित म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनद्वारा आयोजित मोना सा“गितिक साँझ कार्यक्रममा आफ्नोे प्रस्तुति पस्किएकी छन्।

बहराइनको डेल्मोन इन्टरनेसनल होटल मनमा आयाजित कार्यक्रममा पुर्णिमाले विभिन्न गीतमार्फत दर्शक झुमाएकी थिइन्। पुर्णिमाको विदेश सांगितिक धमाका यो पहिलो भने होइन। उनले यसअघि हङकङ, कोरिया, दुबई, कतार, मलेसियालगायत एक दर्जनभन्दा बढी देशमा सांगितिक प्रस्तुति दिइसकेकी छन्।

सांगितीक साँझमा बहराइनलाई कर्मथलो बनाइ बसिरहेका प्रवासी नेपाली उनको कार्यक्रममा झुमेका थिए। कार्यक्रममा गायक सम्भोज मल्ल, प्रकाश दुतराज र मोडल अस्मि थापा पनि प्रस्तुत भएका थिए।