वैदेशिक रोजगारमा यु.के. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

182
Shares

काठमाडौँ। 

बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा यु.के. पठाइदिन्छु भनी ठगी गर्ने  एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरिपुर न.पा. वडा नं. ०२ घर भई हाल  काठमाण्डौं दक्षिणकाली न.पा. वडा नं. ०७ बस्ने  ३० वर्षीय विधान कार्की  रहेका छन्।

उनले यु.के. पठाउने भनी  प्रलोभनमा पारी पीडितबाट ५ लाख रकम लिए पश्चात् विदेश नपठाई  सम्पर्क विहीन भएका थिए। पीडित नीराजन के.सीको जाहेरीको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले काठमाण्डौंको मिनभवनबाट सोमबार उनलाई  पक्राउ  गरेको हो।

उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको  प्रहरीले जनाएको छ ।