आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज आईपीएलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै छ।

मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ। जारी आईपीएलमा मुम्बईले खराब प्रदर्शन गरेको छ। मुम्बईले  अहिलेसम्म १० खेलमा केवल ३ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ। मुम्बई अहिले अङ्क तालिकामा नवौँ स्थानमा रहेको छ।

मुम्बईको अब प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ। त्यस्तै कोलकाताले भने यस सिजनमा अहिलेसम्म ९ खेलमा ६ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ।  कोलकाता १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्