सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै



धनगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिन आज साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। सोडारी यही वैशाख ६ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

अहिलेसम्म नाउपाका कैलाश चौधरी र टीका थापा मात्र सरकारमा गएका छन् भने एमाले र माओवादी केन्द्र सरकारमा सामेल भएका छैनन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ ,माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४ , राप्रपाका एक र एक स्वतन्त्र सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्