राजस्थानमाथि हैदरावादको रोमाञ्चक जित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा हैदरावादले राजस्थानलाई एक रनले पराजित गरेको हो।

हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०० रन मात्र बनाएपछि खेल हैदरावाद एक रनले विजयी भएको हो । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो।

यो जितपछि हैदरावादको १० खेलमा ६ जित र ४ हारसहित १२ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ।
त्यसैगरी राजस्थानको भने यस सिजनमा यो दोस्रो हार हो । १० खेलमा ८ जितसहित १६ अंक हासिल गर्दै राजस्थान शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्