मोदीका भाषणहरुको संग्रह ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ सार्वजनिक

मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न सहयोगी



काठमाडौं । 

यतिखेर भारतमा जारी १८औं आम निर्वाचनको दोस्रो चरणको मतदान सकिसकेको छ । सात चरणमा विभाजन गरिएको मतदानको परिणाम जुन ४ तारिखमा घोषणा हुनेछ । विश्वको सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतको वागडोर तेस्रो पटक पनि प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा जाने निश्चित प्रायः नै छ ।

तेस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका मोदीको चर्चापरिचर्चा भारतमा मात्रौ होइन, विश्वभर नै चलिरहेको छ । यसैबीच काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ देखि २०२४ सम्म नेपाललगायत विश्वका विभिन्न मुलुकहरु तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेको सम्बोधनको संग्रह ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ सार्वजनिक भएको छ ।

भूपेन्द्रबहादुर क्षेत्रीले संकलन गरेको ती सम्बोधनहरुलाई पत्रकार सागर चन्दाले नेपालीमा अनुवाद गरेका हुन् । उक्त संग्रहमा एक दशकयता मोदीले विभिन्न विदेश भ्रमणमा गरेका २९ वटा सम्बोधनहरुलाई नेपालीमा अनुवाद गरिएको छ । अनुवादका चन्दका अनुसार उक्त संग्रहले विश्वमञ्चमा नयाँ ढंगबाट अघि बढिरहेको भारत र त्यसको नेतृत्व गरिरहेका मोदीको विश्वप्रतिको दृष्टिकोण बुभ्m सहयोग पुग्नेछ । उनले भने– ‘ छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर नेपालीले पनि थाह पाउनु जरुरी छ भन्ने लागेर मोदीको भाषणहरुलाई नेपालीमा अनुवाद गरेका हौं ।’

‘मेक द वल्र्ड रेडी फर इन्डिया’ भनिरहेको भारतसँग नेपालको आर्थिक, सांस्कृतिक र भौगोलिक निकटता अरु देशको भन्दा फरक भएको उल्लेख गदैं संकलक भुपेन्द्र बहादुर क्षेत्रीले भने– ‘ग्लोबल अर्डरमा दिन प्रतिदिन शक्तिशाली बन्दै गएको छिमेकी भारतसँगको हाम्रो मित्रता र सम्बन्ध प्रगाढ बनाउन पनि आजको भारतलाई बुझ्नै पर्छ । नेपालीमा उल्था गरिएको भारतीय प्रधानमन्त्री मोदीको भाषणको यो संग्रहले मोदी र अहिलेको भारत बुझ्न सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

पहिलो पटक प्रधानमन्त्री बन्ने हुनेवित्तिकै पशुपति नाथको दर्शन गर्न नेपाल आएका मोदीले चार पटक नेपाल भ्रमण गरिसकेका छन् । यो चार पटकमा उनले नेपालको जनकपुर, लुम्बिनीदेखि मुक्तिनाथसम्मको दर्शन भ्याइसकेका छन् । यो संग्रहमा भारतका प्रधानमन्त्रीको रुपमा पहिलो पटक नेपाल भ्रमणमा आउँदा नेपालको संसदलाई गरेको सम्बोधनदेखि लिएर पछिल्लो पटक गत फेब्रुअरी १४ मा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा पहिलो हिन्दु मन्दिरको उद्घाटन गर्ने क्रममा मोदीले गरेको भाषणगरी २९ वटा भाषणहरु समेटिएका छन् ।
इन्डिगो इंकले बजारमा ल्याएको यो संग्रहको मूल्य ५४९ रुपियाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्