इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

4.04k
Shares

काठमाडौं ।

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उमेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका हुन्।

नेम्वाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरे। नेम्वाङले २७ हजार सात सय ७२ मत ल्याए भने दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे ।

त्यसै गरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।