चौकोट जंगलमा अधिवक्ता मृत फेला

3.85k
Shares

काठमाडौँ।

अधिवक्ता हरिशंकर दाहाल मृत अवस्थामा फेला परेका छन्। काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जंगलमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनी रुखमा पासो लागेको अवस्थामा भेटिएको र शव निकालेर पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पठाइएको छ ।

अधिवक्ता दाहाल शुक्रवारदेखि परिवारको सम्पर्कमा थिएनन् । ओखलढुंगा घर भएका उनी परिवारसँग बानेश्वरमा बस्दै आएका थिए ।