काठमाडौं ।
इलाम २ मा जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन्। पछिल्लो परिणामअनुसार २६ हजार ८ सय ७५ मत गनिसक्दा उनले ११ हाजार ७८ मत पाएका हुन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले ७ हजार ३२४ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू ६ हजार ९०१ मतसहित तेस्रो स्थानमा छन्।
उनलाई पछ्यारहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ५१२ मत पाएका छन्।