काठमाडौँबाट वेवारिसे अवस्थामा रहेको निजी कार बरामद

13.25k
Shares

काठमाडौँ।

काठमाडौँको युएन पार्क नजिकबाट वेवारिसे अवस्थामा रहेको एउटा निजी कार बरामद भएको छ। बा १७ च ११३८ नम्बरको टाटा कम्पनिको निजि कार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेवारिसे अवस्थामा बरामद गरेको हो ।

भन्सार छलि चोरी पैठारी गरी ल्याईएका सवारी साधनहरु काठमाडौँका बिभिन्न स्थानहरुमा बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले शुक्रबार उक्त गाडी बरामद गरेको हो।

उक्त गाडी थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको छ।