बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

1.03k
Shares

काठमाडौं ।

बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्ने तयारी भइरहेको छ।

‘अहिले हामी तयारी गरिरहेका छौँ’, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, ‘सबै मतपेटिका सङ्कलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ।’