इलाम-२ को मतगणना ११ बजेदेखि सुरु हुने

322
Shares

इलाम ।

इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सिसिटिभी जडान गरिएको छ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो। यो भनेको ५९ दशमलव ७९ प्रतिशत मत हो।

प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवास नेम्वाङको निधन भएपछि यो क्षेत्रमा उपचुनाव भएको हो । इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।