रविना पतिलाई चुम्बन गर्दा भाईरल

266
Shares

एजेन्सी ।

९० को दशककी हिट अभिनेत्री रविना टण्डनको एक तस्वीरले सामाजिक सञ्जालमा चर्चा पाएको छ। तस्वीरमा उनी एक पुरुषलाई चुम्बन गरिरहेको देखिन्छ। ती पुरुष को हुन् भन्ने कौतूहलता दर्शकमा बढेको छ। खासमा रविनाले तस्वीरमा चुम्बन गरिरएका व्यक्ति उनका पति अनील थडानी हुन्।

आफ्नै पतिलाई चुम्बन गर्दा पनि भाइरल हुन पुगेकी रविनालाई सामाजिक सञ्जालले उनको सेलाएको चर्चालाई फेरि एकपटक बढाइदिएको छ। खासमा रविना र अनीलको पुरानो तस्वीर भएकाले र अनीललाई कमैमात्र दर्शकले चिन्ने भएकले पनि सो तस्वीरको चर्चा चुलिन पुगेको हो।

व्यवसायी अनील र रविनाको भेट फिल्म स्टंप्डको सुटिङ सेटमा भएको थियोे। त्यसपछि नजिकिएका उनीहरूले एक अर्कासँग डेट गरिरहेका थिए। सन् २००४ मा विवाह बन्धनमा बाँधिएका उनीहरूका राषा र रनवीर गरी दुई छोराछोरी छन्। रविना अनीलकी दोस्रो श्रीमती हुन्।