नीलमणीकृपालुजी महाराजद्वारा ललितपुरमा प्रवचन

1.69k
Shares

ललितपुर।

भारतका ख्याति प्राप्त आध्यात्मिक गुरु श्री नीलमणीकृपालुजी महाराजद्वारा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा शनिबार साँझ आध्यात्मिक प्रवचन हुने भएको छ ।

गुरु नीलमणी नेपाल आउनुभएको अवसर पारेर ललितपुर निवासी सुभद्रा श्रेष्ठको आहवानमा सो प्रवचन कार्यक्रम आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो।

‘सधै टेलिभिजन, युटुयुब मार्फत कृपालुजी महाराजको प्रवचन सुनिरहेको स्थितिमा प्रत्यक्ष सत्संगमा प्रवचन सुन्ने मौका पाउँदा अत्यन्त खुशीको अनुभूत भएको छ।’ श्रेष्ठले भन्नुभयो ‘ बिहान हुने कृतन तथा प्रवचनमा सहभागी हुन सबैमा आहवान गर्दछु ।’
श्रेष्ठका अनुसार सो प्रवचन शनिबारदेखि पाँच दिनसम्म हरेक साँझ ५ बजे हुने छ।सो कार्यक्रममा नेपाल लगायत भारतका भक्तजनहरु पनि सहभागी हुने छ ।