तमन्ना कानुनी फन्दामा

238
Shares

एजेन्सी ।

बलिउड अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि भारतको महाराष्ट्र सेलले बोलाएको छ। फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा पत्र पठाउँदै सेलले उनलाई बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनलाई अप्रिल २९ मा महाराष्ट्र साइबरमा उपस्थित हुन भनिएको छ। उनलाई सन् २०२३ मा फेयरप्ले एपमा आईपीएलको अवैध स्ट्रिमिङको मामलामा सोधपुछका लागि बोलाइएको हो।

यसअघि पनि सो विषयमा धेरै कलाकारलाई सोधपुछका लागि बोलाइएको थियो भने हाल प्रहरीले तमन्नालाई पनि बोलाएको हो। प्रहरीले अवैध स्ट्रिमिङबारे यी कलाकारलाई पहिले नै जानकारी थियो कि थिएन भनेर पत्ता लगाउन कोसिस गरिरहेको छ।

यसअघि अभिनेता सञ्जय दत्तलाई पनि सोधपुछमा बोलाइएको थियो। तर, उनी भारतमा नभएका कारण बोलाएको मिति र स्थानमा उपस्थित भएनन्। यसका लागि सञ्जयले आफ्नो बयान रेकर्ड गर्न नयाँ मिति र समय मागेका छन्। अवैध स्ट्रिमिङको मामलामा भायकमले करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको थियो। फेयेरप्ले एक अनलाइन खेल पुस्तक प्लेटफर्म हो।