संगीत तथा नाट्य पुरस्कार घोषणा

56
Shares

काठमाडौं ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले स्थापनाको १४औँ वार्षिकोत्सव समारोह हालै सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको प्रांगणमा सम्पन्न कार्यक्रममा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० घोषणा, स्रष्टा सम्मान तथा विविध सांस्कृतिक प्रस्तुुति प्रस्तुत गरिएको थियो।

सो अवसरमा रंगमञ्चतर्फ ख्यातिप्राप्त नाट्यकर्मी तथा अभिनेता हरिहर शर्मा, शास्त्रीय संगीततर्फ संगीत साधक चन्दन कुमार श्रेष्ठ, संगीततर्फ ख्यातिप्राप्त गायिका तारा थापा, नृत्यतर्फ जोगेन्द्र केसी, नाटकतर्फ नाट्यकर्मी गोपाल देवान र लोक संगीततर्फ बमबहादुर कार्कीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० प्रदान गर्ने घोषणा गरियो।

सोही अवसरमा संस्थागततर्फ नृत्य निर्देशक संघ नेपाल, माला आर्टस् एकेडेमी र सांस्कृतिक समाज नेपाललाई सम्मानित गरिएको छ भने व्यक्तिगततर्फ नृत्यकर्मी नारायणदेवी प्रधान, राधेश्याम प्रधान, केपी पौडेल, रंगकर्मी वीरेन्द्र हमाल, गायक रामकृष्ण दुवाल, जनपक्षीय गायक भीम मल्ल कुमाखी, प्राज्ञमाधव प्रधान, संगीतकर्मी संगीता प्रधान, विष्णु अधिकारी र रुपकुमार राई, गायिका कुन्ती मोक्तान, नाट्यकर्मी अविनाश श्रेष्ठ र बद्री अधिकारी र नाटक निर्देशक अशेष मल्ललगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले प्रतिष्ठानले सम्पन्न गर्न बा“की कामबारे समीक्षा गर्नुपर्ने जनाए। प्रतिष्ठानकी कुलपति निशा शर्माले प्रतिष्ठान स्रष्टा तथा सर्जकको संस्था भएकाले उनीहरूको सल्लाह र सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उपकुलपति शम्भु राईले प्रतिष्ठानको अवसर र चुनौतीबारे चर्चा गर्दै विविध कार्यक्रम आयोजना गन सुविधा सम्पन्न प्रेक्षालयको अभाव रहेको बताए।