यौटा सपनाको अवसानको लिरिकल भिडियो

658
Shares

काठमाडौं ।

कान्तिपुर सिनेमाजबाट प्रसारण भइरहेको वेबप्ले सिरिज यौटा सपनाको अवसानको लिरिकल भिडियो सार्वजनिक भएको छ। आऊ हजुर आऊ बोलको सार्वजनिक गीतमा न्ह्यू बज्राचार्यको संगीत, विप्लल प्रतीकको शब्द र शारदा अधिकारीको स्वर रहेको छ।

लिरिकल भिडियोमा मञ्चनको समयका विशेष मुद्र समावेश गरिएको छ। यौटा सपनाको अवसान नाटकलाई सिरिजको रूपमा रुपान्तरण गरिएको सिर्जना हो।

नाटक गतवर्ष चैत्र १० देखि वैशाख १३ सम्म ण्डला नाटकघरमा मञ्चन भएको थियो। निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले नाटकघरको मञ्चन छुटाएका दर्शकलाई लक्षित गर्दै नाटकलाई नयाँ स्वरुपमा पस्किएको जनाएको छ।

अनुप बरालले निर्देशन गरेको नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ। नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ।