नगरकोटी शीर्षस्थानमै



काठमाडौं ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन पनि भुवन नगरकोटीले अग्रता बनाएका छन्।

समग्रमा ७ अन्डर १ सय ९७ स्कोरहित नगरकोटी शीर्षमा रहेका हुन्। तर, अघिल्लो दिन शीर्ष स्थान साझेदारी गरेका दिनेश प्रजापति भने नगरकोटीसँग ६ स्ट्रोकले पछि परे । समग्रमा १ अन्डर २ सय ३ स्कोर गर्दै प्रजापति दोस्रो स्थानमा रहेका छन्।

यस्तै तोरणविक्रम शाही र निरज तामाङ समग्रमा इभनपार २ सय ७ स्कोरसहित संयुक्तरूपमा तेस्रो स्थानमा रहे। समग्रमा २ ओभर २ सय ६ स्कोर बनाउँदै धनबहादुर थापा र सञ्जय लामा संयुक्तरूपमा पाँचौ स्थानमा रहेका छन्।

सुबाश तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्तरुपमा सातौं स्थान साझेदारी गरे भने एमेच्योरतर्फ सद्भाव आचार्य ६ ओभर २ सय १० को स्कोरमा शीर्षस्थानमा उक्लिएका छन्।

प्रतिक्रिया दिनुहोस्