एपीएफको लगातार दोस्रो जित

1.13k
Shares

काठमाडौं ।

नेपाल एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित प्राप्त गरेको छ।

एपीएफले बिहीबार भएको खेलमा नेपाल आर्मी क्लबलाई २५–२३, २५–२३, १३–२५, १४–२५ र १५–९ ले पराजित गर्दै दोस्रो जित निकालेको हो। तर, यो आर्मीको लगातार दोस्रो हार हो। अघिल्लो दिन आर्मी न्युडायमन्डसँग ३–१ ले हारेको थियो।

यस्तै नेपाल प्रहरी क्लबले पहिलो जित दर्ता गर्‍यो। राखेपको कभर्डहलमा प्रहरीले साविक विजेता न्युडायमन्डलाई १८–२५, २५–२२, २५–२२ र २५–१८ ले हराएको थियो। प्रहरी पहिलो खेलमा एपीएफसँग ३–१ ले पराजित भएको थियो। दुई खेलमा न्युडायमन्डको पहिलो हार बनेको छ।