इङ्लिस प्रिमियर लिग : एभर्टनले लिभरपुललाई हरायो



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लिभरपुलमाथि शानदार जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा एभर्टनले लिभरपुललाई २-० गोल अन्तरले स्तब्ध बनाएको हो।

लिग जितको दौडमा रहेको लिभरपुललाई यो हारले ठुलो धक्का पुग्ने देखिएको छ। एभर्टनको जितमा जारार्ड ब्रान्थवैट र डोमिनिक काल्भेर्ट लेविनले एक एक गोल गरेका थिए। यो जितपछि एभर्टनको ३४ खेलमा ३३ अङ्क भएको छ र लिगमा १६औँ स्थानमा रहेको छ।

त्यस्तै यो हारले लिभरपुल को ३४ खेलमा ७४ अङ्क रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। ३४ खेलमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा रहेको छ। त्यस्तै दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्