अनौठो कथामा एक्टर

196
Shares

काठमाडौं ।

वैशाख अन्तिम साताबाट सुटिङ फ्लोरमा जाने फिल्म एक्टरको हालै ललितपुरको भैसेपाटीमा शुभसाइत गरिएको छ। कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो।

शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्वय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देवलगायत सहभागी थिए। फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेतलगायत कलाकारले पनि अभिनय गर्नेछन्।

राजन भुसालले निर्देशन गर्ने फिल्म थमनकुमार भण्डारीले निर्माणमा गर्न लागेका हुन् भने एनिस भुसाल र सार्थक केसी सह–निर्माता रहनेछन्। आगामी कातिक १५ गतेका लागि रिलिज डेट तोकिएको फिल्म अनौठो हुने नायक खड्काले बताए।