ग्रीसमा खिचिएको भिडियो सार्वजनिक

140
Shares

काठमाडौं ।

तिमी मेरो जिन्दगी बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। डा. आरसी कोइराला ‘रामचन्द्र’ को निर्देशान रहेको गीतको भिडियोमा मिराज कोइराला र प्रमिला रिजालले अभिनय गरेका छन्।

डा. आरसी कोइराला ‘रामचन्द्र’ को शब्द रचना, बंगलादेशका एमए रहमनको संगीत र मिराज कोइरालाको स्वर रहेको गीतमा प्रेमीद्वारा प्रेमिकाको वर्णन गरिएको छ।

गीतको भिडियो ग्रीसको समुद्री तटमा खिचिएको छ। प्रेम भावको कलात्मक शिल्प पोखिएको गीतको भिडियोमा रुपिन डंगोलको छायांकन, र मिलन विश्वाकर्माको सम्पादन रहेको छ।