अगस्त्य : च्याप्टर १ ले मनायो ५१औं दिन

1.88k
Shares

काठमाडौं ।

गत वर्षको फागुन १८ गते रिलिजमा आएको फिल्म अगस्त्यः च्याप्टर १ ले राजधानीको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट ५१ दिन पूरा गरेको छ।

सो अवसरमा फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिश तामाङले सो हलमा दर्शकसँगै फिल्म हेरेर ५१औं दिनको खुसियाली साटेका थिए। निर्देशक चौधरीले आलोचना र तारिफका बाबजुद फिल्मले ५१औं दिन मनाएकोमा खुसी व्यक्त गरे।

‘अगस्त्यले ५१ औं दिन पार गर्दैगर्दा हामी एउटा दुविधामा छौं कि यो कुनै सफलताको मापक बिन्दु हो या हैन? तर, अनेकन चुनौतीका बाबजुत फिल्मले यति लामो समय पार गर्नु उपलब्धि हो,’ निर्देशक चौधरीले भने।

चौधरीले अगस्त्य च्याप्टर २ आगामी २०२६ मा आउने जानकारी गराए। नायक नाजिर हुुसेनलले दर्शकले फिल्मप्रति देखाएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले आफूले चरित्रलाई न्याय दिन सकेको दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको बताए।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायत कलाकारले अभिनय गरेका छन्।