कट्टा हान्दिन्छु गायिका विवाह वन्धनमा

252
Shares

काठमाडौं ।

कट्टा हान्दिन्छु गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटाका साथ विवाह बन्धनमा बाँधिएकी छन्। उनीहरुले बुधवार करिव दुई वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

एलिना र विष्णुले झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आफन्त परिवारजन तथा केहि कलाकर्मीको सहभागीतामा विवाह गरेका हुन्। गीतकार समेत रहेका बाग्लुङ निवासी विष्णु केहि समयदेखि अस्ट्रेलियामा व्यवासाय सञ्चालन गर्दै आएका छन्।