परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

336
Shares

काठमाडौं ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) को कार्यकारी निर्देशकमा प्रकाश कुमार सुवेदी नियुक्त भएका छन्। सुवेदीलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। तीन वर्षे कार्यकालका लागि सुवेदीलाई नियुक्त गरिएको हो।

यसअघि परराष्ट्र मन्त्रालयद्वारा गठित सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। सुवेदीले मंगलबार कार्यभार सम्हालेका छन्। निर्देशकमा नियुक्त भएका सुवेदी पूर्वराजदूत समेत हुन्। सुवेदी सन् २०१७ मा अस्ट्रियाको लागि राजदूत भएका थिए।

आईएफए परराष्ट्र मामिला, भूराजनीति, राष्ट्रिय सुरक्षालगायत विविध विषयमा अनुसन्धान  गर्ने एक मात्र सरकारी थिंक ट्यांक हो।