स्वास्थ्य सुधारका लागि प्रतिष्ठानलाई स्वायत्त अघि बढ्न दिनुपर्छ : स्वास्थ्यमन्त्री यादव

2.63k
Shares

काठमाडौँ। 

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसँग नेपाली पत्रकारिता क्षेत्रमा स्वास्थ्य पत्रकारिता गर्दै आएका पत्रकारहरुको स्वास्थ्य मन्त्रालयमा अनौपचारिक भेटघाट हुनुका साथै विविध विषयमा छलफल गरेका छन् ।

सोही अवसरमा पत्रकारहरुबाट आएको सुझाव मनन गर्दै मन्त्री यादवले  सुधार्दै जाने प्रतिबद्धतासँगै २ बर्ष अघि स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु र वीर अस्पताल र न्याम्सलाई गाभ्ने छाता ऐन ल्याउन ड्राफ सदनमा पेस भएको र  सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनु उचित नहुले बताए । उनले  छाता ऐनले झन् समस्या ल्याउन  बताए । यसोगर्दा शक्तिको दुरुपयोग हुनसक्ने उनको भनाई छ ।

हाल जुन अवस्थामा चलेका छन जसमा पाटन स्वास्थ्य विज्ञान र धरान स्वास्थ्य विज्ञान उत्कृष्ट भएकै छन् । यतिबेला धरानमा समस्या आएको छ यसको सुधारका लागि सरकार गम्भीर भएर लाग्छ उनले  भने ।

मन्त्री यादवले भने,प्रतिष्ठानहरुलाई सम्पन्न र स्वायत्त बनाएर बलियो रुपमा उभ्याउनुपर्छ । यसलाई कानून सम्मत उचित लागेमा सबैको ध्यान पुग्ने विश्वास लिएको छु । नेपालमा अहिले देशभर ८ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् र प्रत्येकको ऐन छुट्टै छ र उपकुलपति पनि छुट्टै छन् ।’

 यसरी अन्य प्रतिष्ठान खोल्ने तर्फपनि सरकारको योजना रहेको अवस्थामा मन्त्री यादवको भनाइले सरोकारवाला निकायलाई एकपटक सोच्न बाध्य बनाएको छ ।

नयाँ छाता ऐन ल्याएर एउटै नेतृत्व अन्तर्गत प्रतिष्ठान रहने व्यवस्था गर्ने सोचलाई यो भनाइले पुरानै अवस्थामा अघि बढ्छ। नयाँ ऐन ल्याएर  केन्द्रमा एक उपकुलपति, एक रेक्टर र एक रजिस्टार रहने व्यवस्था हुन्छ मन्त्री यादव पर्ख र हेरको अवस्थामा छन्  ।

यता प्रतिष्ठानको नयाँ ऐन ड्राफ्टमा भने प्रत्येक प्रतिष्ठानमा शैक्षिक कार्यक्रमको नेतृत्वका लागि डिन र अस्पतालको नेतृत्वका लागि निर्देशक रहने व्यवस्था गर्ने गरी मस्यौदा तयार गरिएको छ । यता मन्त्री यादवले भने वीर अस्पतालको न्याम्स र अस्पतालको जिम्मेवारी फरक फरक हुनुपर्नेमा जोड दिएका छन्  । न्याम्सको काम शैक्षिक कार्यक्रमलाई चुस्त दुरुस्त पार्ने हो भने अस्पतालले बिरामीलाई सेवा दिने हो । दुबैको जिम्मेवारी एकै ठाउँमा राख्दा जबाफदेहिता र जिम्मेवारीको बोध कम हुने देखिन्छ ।

यता अस्पतालहरुमा भएका कमी कमजोरीलाई औल्याउँदै मन्त्री यादवले नेपालका अस्पतालमा जनशक्ति कम मात्र हैन प्राविधिक पनि कम छन् र भएकाले पनि नयाँ मेशिन भित्र्याको भोलीपल्टै विग्रीयो चल्दैन भनेर करोडौका उपकरण बेवारिसे बनाएको अवस्थामा आफुले अनुगमन गरी तुरुन्त संचालनमा ल्याउँन निर्देशन दिएपछि मेशिन चलेका घटना सुनाए । उनले स्वास्थ्य बिमालाई व्यवस्थित बनाएर अघि बढाउनुको विकल्प नभएको र सुधारका लागि जोड दिने बताए ।

 भेटमा मन्त्री यादवले पत्रकारहरुले स्वास्थ्यका विविध विषयमा लेख्नुहुन्छ । यसले स्वास्थ्य सेवा सुधारमा मदत पुग्छ भन्ने हेतुले स्वास्थ्य पत्रकारहरुसँग भेट गरी राय सुझाव समेत लिने उद्देश्यले बोलाएको बताए ।   छोटो समयको भेटमा स्वास्थ्यका विषयमा लामो समयदेखि कलम चलाउँदै आएका स्वास्थ्य पत्रकारहरु स्वास्थ्य मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलको नेतृत्वमा सहभागी भएका थिए ।  सहभागी पत्रकारहरुले स्वास्थ्यमा गर्नुपर्ने सुधार, कमी कमजोरी र राम्रा पक्षका विषयमा छलफल गरी आगामी दिनमा सुधारको अपेक्षा राखिएको बताए ।