दुर्गा पाञ्चायन मन्दिरमा राधाकृष्णको प्राण प्रतिष्ठा गरिँदै



स्याङ्जा। 

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँसटारीमा विविध धार्मिक कार्यक्रम हुने भएको छ । वैशाख ७, ८ र ९ गते यहाँ रहेको श्री दुर्गा पाञ्चायन मन्दिरमा १ सय ८ शिवलिङ्ग दत्तात्रय, राधाकृष्णको प्राणप्रतिष्ठाको लक्ष्यवर्ती, १ सय ८ शालिग्राम प्रतिस्थापन, दुर्गा पूजा, भजनकीर्तन लगायतका शुभकार्य हुने स्थानीय कमल गौडेलले जानकारी दिए  । गौडेलका अनुसार वैशाख ७ गते कोठा पूजन, वैशाख ८ गते बाजासहित शालिग्राम परिक्रमा तथा मूर्ति प्राणप्रतिष्ठा र वैशाख ९ गते लक्ष्यवर्ती भजन मण्डलीसहित भजनकीर्तन तथा समापन हुनेछ ।

दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद न्यौपानले धार्मिक कार्यक्रम सबैको साझा भएकाले सम्पूर्ण धर्मानुरागी महानुभावलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरे । बाँसटारी केराको प्रख्यात स्थान हो । यस मन्दिरमा विभिन्न समयमा विराट महायज्ञ समेत हुँदै आएको छ । बाँसटारीको भपेङ खेलमैदानमा जिल्ला तथा गाउँपालिका स्तरिय खेलकुदका कार्यक्रमहरु हुने गरेका छन् । यहाँका युवाहरुको सक्रियतामा रकम जम्मा गरेर मन्दिर निर्माण गर्ने गाउँको आवश्यकता अनुसारको विकासमा रकम खर्च गर्ने गरिएको छ । प्राणप्रतिष्ठा सम्पन्न भएपछि वैशाख १० गतेबाट यो मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्