शाखा भ्रमण फलदायी रहेको ललितपुर उद्योग वाणिज्यको निष्कर्ष 

98
Shares

 ललितपुर।

ललितपुर उद्योग वाणिज्य संघले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन संघका टोलीहरुको जिल्ला भ्रमण फलदायी रहेको जनाएको छ ।

संघका तर्फबाट महासचिव भूमिनन्दन कर्माचार्यले एक विज्ञप्ति मार्फत सो को जानकारी दिइएको हो।संघका अध्यक्ष विश्वराज बज्रचार्यको नेतृत्वको टोलीले हालै तनहुँ, पोखरा,वालिङ्ग, पाल्पा, बुटवल, चितवन र रत्ननगर उद्योग वाणिज्य संघको भ्रमण गरेका थिए।

भ्रमणका दौरान संघका पदाधिकारीहरुले नेपालको हस्तकलाजन्य सामग्री निर्यातमा ९० प्रतिशत हिस्सा ललितपुरको रहेको उल्लेख गर्दै अन्य जिल्लामा सीप हस्तान्तरणका लागि आवश्यक सहकार्य गर्न तयार रहेको विषयलाई जोड दिइएको थियो।‘जिल्ला नगरका बीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै जिल्ला नगर उद्योग वाणिज्य संघको सम्बन्धमा थप मजबुत बनाउने भ्रमण महत्त्वपूर्ण रहयो।’ विज्ञप्तिमा भनिएको छ ।

भ्रमणका दौरान आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै साना तथा मझौला उद्योगीहरुको समस्याहरु समाधानका लागि नेउवा महासंघलाई घच्घच्याउन साझा बुझाई बनेको पनि महासचिव कर्माचार्यको भनाई रहेको छ ।