एमाले संसदीय दलको बैठक बस्दै

1.69k
Shares

काठमाडौं ।

नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हालमा बस्नेछ। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

साथै आजको बैठकमा संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने बताइएको छ।