एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

140
Shares

सिमकोट ।

नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन्। पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्। आइतबार भएको निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी डबल रावतलाई पराजित गरेका हुन्।

उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ। उपाध्यक्षमा प्रकाशबहादुर शाही, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भए।