प्रहरी सहायक निरीक्षकको अवैध धन्दा

1.1k
Shares

रौतहट ।

 चोरी तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको चन्द्रपुरस्थित एक प्रहरी चौकीका प्रमुखबाटनै अवैध कार्य भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहत रहेको प्रहरी चौकी सन्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवको असुली धन्धा लगायत काठ गायब बनाएको आरोप लागेको छ ।

 साझा सहकारी संस्था लिमिटेडको भबनमा अस्थायीरुपमा रहँदै आएको प्रहरी चौकी सन्तपुरका प्रहरी सहायक निरीक्षक यादवले संस्थामा रहेको पुरानो काठनै गायब गरिदिएको आरोप लागेको छ । प्रहरी सहायक निरीक्षक यादवले संस्थाको काठबाट फर्निचर बनाएर पटक पटक उनले आफनो घर पुरयाएको र अन्तिम पटक लैजाने तयारी गरेको समयमा स्थानीयले रोकेपछि यसको उजागार भएको चन्द्रपुर नगरपालिका वडानम्बर ८ का अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।

असुली धन्धाको आरोप उनीमाथि लाग्दै आएको र माथिल्लो निकायलाई जानकारी गराउदा समेत बेवास्ता हुदै आएको वडाअध्यक्ष चौधरीले बताए । प्रहरी चौकीको भवन निर्माणाधीन अवस्थामा रहेकोले संस्थाले आफ्नो भवनको कोठा अस्थायी रुपमा चौकी सञ्चालनको लागि प्रहरीलाई दिएको थियो ।

 उक्त संस्थाका अध्यक्ष एवं  चन्द्रपुर नगरपालिकाका पूर्व प्रमुख रामचन्द्र चौधरीले जुन संस्थाले आश्रय दिएको छ त्यही संस्थाको सम्पत्ति गायब बनाउनु उचित नभएको बताए । प्रहरी सहायक निरीक्षक यादवले खोलाबाट माटो, पाङ्गो बोकेको ट्र्याक्टरका धनीसँग अनधिकृत लाभ समेत उठाउँदै आएको आरोप यसअघिदेखिनै लाग्दै आएको थियो ।

 प्रहरी सहायक निरीक्षक दिनानाथ यादवले भने आफूले राम्रो काम गरेपछि विभिन्न लान्छाना लगाउने काम भएको छ । गस्ती गर्न वडाले दश लिटर इन्धन दिने गरेको त्यतिले अपुग रहेको समेत उहाँले बताए ।