कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

252
Shares

रौतहट ।

कर्तव्य ज्यान मुद्दाका  एक फरार प्रतिवादी पक्राउ परेका छन् । एघार महिना अघि रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर १ करूनिया स्थित सडकमा सोही स्थान निवासी ७८ वर्षीय शेख तैयबलाई गोलि हानी हत्या गरेको आरोपमा प्रहरीले देवाही गोनाही नगरपालिका वडा नं. १ करुनिया निवासी ५२ वर्षीय शेख नुरुल्लाहलाई पक्राउ गरेको छ ।

गएको ०८० जेष्ठ ११ गते बिहानको समयमा सोही स्थान निवासी शेख सेराज समेतले गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ०८० पौष १६ गते रौतहट जिल्ला अदालत गौरबाट वारेन्ट सहितको पक्राउ पुर्जी जारी गरेको थियो । राजदेवी नगरपालिका वडा नं.८ बेलबिछुवा चोकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा शेख नुरुल्लाह लाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका माथि आवश्यक अनुसन्धान हुने सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताए ।