कालीमाटीमा आज फलफूल तथा तरकारीको मूल्य कति छ ?

504
Shares

काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अङ्गुर २५०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १६०, नेपाली मेवा ८० चुकन्दर ६० र आभोकाडो ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार लोकल सानो गोलभेँडा ३० र भारतीय ठूलो गोलभेँडा ७०, अदुवा २५०, रातो आलु ४० रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ५०, लौका ५०, कागती २४०, लोकल काँक्रो ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, हाइब्रिड सेतो मूला २० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी र राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी ८० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ४० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ४० र रायोको साग ९० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग १४० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज ४० र पुदिना १०० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १४० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा २०, भिण्डी ९० र हरियो धनियाँ ९० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३३० र मंगुरी माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।