एकीकृत समाजवादीले झलनाथ र गरिमालाई दियो उपनिर्वाचनको जिम्मेवारी

840
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले  वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गरिमा शाहलाई चुनावी ‘कमान्डर’ तोकेको छ।

प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं-२ मा खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टी सचिव शाहलाई जिम्मेवारी तोकिएको हो। चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई पार्टीले खटाएको छ।

पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ। एकीकृत समाजवादीले इलाम-२ मा जितबहादुर राई र बझाङ- १ को प्रदेश सभामा दिल बहादुर सिंहलाई उम्मेदवार बनाएको छ।