कांग्रेस संसदीय दलको बैठक बस्दै

266
Shares

काठमाडौं।

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। कांग्रेस संसदीय दलको बैठक अहिले बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

सरकारले संसद्को चालु अधिवेशन आइतबारैदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।