काठमाडौँ चलायमान सहर बनोस् भनेर त्यसको सुरुआत दुई ठाउँबाट गरेका हौँ : गृहमन्त्री लामिछाने

616
Shares

काठमाडौँ। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँ चलायमान सहर बनोस् भनेर त्यसको सुरुआत दुई ठाउँबाट गरिएको बताएका छन्। ठमेलमा आयोजित एक कार्यक्रममा  लामिछानेले ठमेल र दरबारमार्ग २४ सै घण्टा  खुल्ने कुराले काठमाडौं चलयामान सहर बनोस् भन्ने आफ्नो चाहना भएको बताए । उनले यो सुरुवात भएको र निरन्तरता दिनका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।

‘यो ऐतिहासिक सुरुआत हो, यसले सकारात्मक सन्देश दिन्छ। काठमाडौँ चलायमान सहर बनोस् भनेर त्यसको सुरुआत दुई ठाउँबाट गरिएको हो। यहाँकाे अनुभवका आधारमा अन्य ठाउँ पनि खुला गर्नेछौं,’ कार्यक्रममा बोल्दै उनले भने।

 

यो अभियान सफल बनाउन उनले सबैलाई आग्रह गरे। यहाँका विकृति-विसंगति अन्त्यका लागि सामूहिक प्रयासकाे खाँचाे समेत रहेको उनले बताए।

‘यहाँका व्यवसायी, कर्मचारी, पर्यटन सबैलाई सुरक्षाकाे पूर्ण प्रत्याभूति गरिन्छ। तर, सफल बनाउन हामी सबैकाे दायित्व छ। त्यसमा ध्यान दिऊँ,’ उनले भने।

संसारभर परिचित ठमेलकाे पहिचान थप स्थापित गर्न पनि सरकारले उक्त अभियान सुरू गरेको समेत उनले बताए।

‘जब छाेरी-चेली र आमाहरू निर्बाध यहाँ आउने वातावरण बनाउन सकिन्छ तब मात्र याे अभियान सफल हुन्छ,’ उनले भने।

 

स्थानीयका जायज चासाेकाे सम्बाेधन गर्ने उनले बताए। नयाँ दल हुनुकाे परिचय कामबाटै दिने भन्दै उनले जतिसक्दो राम्रो काम गर्ने दाबी गरे।

‘हामी राम्रो कति गर्न सक्छाैं थाहा छैन, नराम्रो चाहिँ एउटा पनि गर्ने छैनाैं,’ उनले भने, ‘आमाकाे निन्द्रा र छाेराकाे सपना दुबै पूरा गर्नेछाैं।’