निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा पुनः गुरुङ निर्वाचित



कास्की ।

 नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३० औँ साधारण एवं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लिलकाजी गुरूङलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।

संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुवर्ण श्रेष्ठ र गुरुङबिच  भएको प्रतिस्पर्धामा ३० मतले गुरुङ विजयी भएका हुन् । गुरुङले १९२ मत ल्याउँदा श्रेष्ठले १६२ मत ल्याएका थिए ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेम पहारी, उपाध्यक्षमा सिरस बास्तोला, सचिवमा डम्बरराज ढकाल, सहचिवमा धुवबाबु भट्टराई र कोषाध्यक्षमा हिरामणि पोखरेल निर्वाचित भएका छन् ।

यसैगरी, संघको सह-कोषाध्यक्षमा किरण गौतम तथा सदस्यमा जनक श्रेष्ठ, ई. मिलन सुवेदी, स्वीकार पोखरेल, हरिप्रसाद पहारी, प्रकाश ड़िसी र ई. हेमप्रसाद गुरुङ निर्वाचित भएका छन्।

४ सय १९ मतदाता रहेकोमा मतदान प्रक्रियामा ३ सय ५९ जनाले मतदान गरेका थिए। २ वर्षे कार्यकाल रहेको समिति १३ सदस्यीय रहेका छन्।

यस अघि विहिवार साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूले काम सम्पन्न हुँदा पनि सरकारबाट समय भुक्तानी नपाउँदा मर्कामा परेको बताउँदै सो को कारण आर्थिक चलायमान हुन नसकेको बताए ।

संघका अध्यक्ष लिलकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका सल्लाहकार निकोलस पाण्डे, सकुन्तलाल हिराचन, शिवशंकर गौचन, वरिष्ठ उपाध्यक्ष आङकाजी लामा, उपाध्यक्षहरू मुकेश पन्त, राजेश मल्ल, वालकृष्ण थापा, महासचिव रोशन दाहाल लगायतले सरकारले निर्माण सम्पन्न भएका आयोजनाहरुको समयमा भुक्तानी नदिएको कारण निर्माण व्यवसायीहरु काम गर्न सक्षम नभएको भनाई राखेका थिए ।

संघका सचिव सिरस बास्तोलाको संचालन रहेको साधारणसभामा कास्की स्थित पाटीका प्रमुख एवं प्रतिनिधि नेकपा एमालेका अध्यक्ष बैन बहादुर क्षेत्री, नेपाली काँग्रेसका सह-सचिव नवीन सिग्देल, नेकपा एस का अध्यक्ष खड्ग हमाल निर्माण व्यवसायीका समस्याका बारेमा जानकार रहेको जनाउ दिदैं सरकारलाई घचघचाउन सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा संघका गण्डकी प्रदेश अध्यक्ष टंकराज बराल, केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष सुवर्ण श्रेष्ठ लगायतले निर्माण व्यवसायीहरुले वर्तमान अवस्थामा भोगीरहेको भुक्तानीसम्बन्धि समस्या साना निर्माण व्यवसायीहरुको समस्या पहिचान र समाधानमा पनि केन्द्रीय तहले भूमिका खेल्नुपर्ने बताए ।

पोखरा माटेपानीस्थित एस.आर.के.सी. वैङ्क्वीटमा सम्पन्न साधारणभा कार्यक्रममा संघका अध्यक्ष लिलकाजी गुरुङ्गले संघका गतिविधि सचिव सिरस बास्तोलाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उत्तम सिग्देलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्