भिसा अवधि सकिएपछि पनि नेपालमै  बसिरहेका तीन बङ्गलादेशी नागरिक पक्राउ

1.22k
Shares

काठमाडौँ।

भिसा अवधि सकिएपछि पनि नेपालमै  बसिरहेका तीन बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा  २७ वर्षीय राणा अहमद, २४ वर्षीय रोकिब हुसेन र ३० वर्षीय सुमन शाजहान रहेका छन्।

 विभिन्न मितिमा नेपाल प्रवेश गरेर गैरकानुनीरूपले बसोबास गर्नुको साथै शंकास्पद गतिबिधिहरुमा संलग्न रहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको हो।

उनीहरुलाई काठमाण्डौको ठमेल एरियाबाट काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष  टोलीले नियन्त्रणमा लिएको  प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

उनीहरुलाई  आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान पठाइएको रेग्मीले बताए।