आईपीएलमा बैंगलुरुमाथि मुम्बईको सहज जित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो।

बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि बैंगलुरुले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो। जारी आईपीएलमा मुम्बईको यो दोस्रो जित हो।

५ खेलमा २ जित र ३ हार बेहोरेको मुम्बईको ४ अङ्क भएको छ र सातौँ स्थानमा उक्लिएको छ। त्यसै गरी बैंगलुरुको यो पाँचौँ हार हो। ६ खेलमा एक जित हासिल गरेको बैंगलुरुले ५ हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस्