अवैध भारतीय औषधि प्रहरीको नियन्त्रणमा

658
Shares

काठमाडौँ।

प्रहरीले अवैध भारतीय औषधि बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कवही, बाराबाट खटिएको प्रहरी टोलीले बिहीबार सुवर्ण गा.पा. वडा नं.३ दशगजाबाट  ५५,०००।– (पचपन्न हजार) बराबरको अवैध औषधि बरामद गरेको हो।

 भारतबाट नेपाल तर्फ टाउकोमा बोकेर  ल्याउँदै गरेको बोरा प्रहरीलाई देखेपछि  उक्त बोरा त्यही फालेर  मानिसहरु फरार भएका थिए।

यस सम्बन्धमा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।