बागमती र नख्खु दोभानबाट ५ टन फोहोर संकलन

154
Shares

ललितपुर।

 ललितपुर महानगरपालिका वडा नम्बर १८ ले बागमती र नख्खुखोला मिलनविन्दु नख्खु दोभानमा सरसफाइ गरेको छ । आज बिहान वडाअध्यक्ष दामोदर खड्काको नेतृत्वमा सफाइ कार्यक्रम आयोजना गरेको हो । वडाभित्रको नदी सफाइ गर्ने योजना अनुसार वडा कार्यालयले नदी र नदी किनार सफाइ गरेको हो ।

सफाइ कार्यक्रममा वडा सदस्य गोपाल डंगोल,नेप्सेम्याक, महानगरीय प्रहरी वृत्त वुंगमती, स्थानीय महिना समूह ,बागमती सफाइ महाअभियानको टोलीको उपस्थिति रहेको थियो ।

 सफाइ गर्दा सो क्षेत्रबाट करिब ५ टन फोहोर संकलन भएको वडा सदस्य गोपषल डंगोलले जानकारी दिए  । वडा अध्यक्ष दामोदर खड्काले नख्खु खोला दोभान र अन्य खोला किनारामा निरन्तर सफाइ जारी राख्ने बताए ।उनले भने- नदी सफा भए प्रकृतिमा स्वच्छता आउनेछ , त्यसैले हामी वडामा रहेको नदीलाई नियमित सफाइ गर्ने गर्नेछौ ।’