कोसी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को तयारी पुरा

406
Shares

 इटहरी । 

 प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशको आयोजनामा यही चैत्र ३० गते देखी प्रादेशिक रङ्गशाला इटहरीमा सञ्चालन हुने प्रदेश स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको तयारी पुरा भएको छनौट प्रतियोगिताका संयोजक प्रदेश खेलकुद विकास  बोर्डका  सदस्य रितेश श्रेष्ठले बताएका छन् ।

काशी प्रदेशका १४ वटा जिल्लाका खेलाडीहरूको सहभागिता रहने प्रतियोगितामा ६ वटा खेलमा खेलमा खेलाडीहरूले प्रतियोगिता गर्ने बताईएको छ ।

खेलमा भलिबल

महिला-पुरुष,

कबड्डी महिला-पुरुष,

एथलेक्टीस महिला -पुरुष,

कराते महिला -पुरुष,

तेक्वान्दो महिला -पुरुष र उँसु महिला-पुरुष बिधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।

सम्पुर्ण खेलहरु प्रादेशिक रङ्गशाला इटहरीमा सञ्चालन हुने प्रदेश संयोजक श्रेष्ठको भनाई रहेको छ  । प्रतियोगितामा १४ जिल्लाका सबै बिधामा १३ सय ३२ जना खेलाडीहरूको सहभागिता रहने समेत संयोजक श्रेष्ठले बताएका छन् । प्रतियोगिता सञ्चालनका लागी खेल मैदान मर्मतको काम भई सकेको र खेल सञ्चालनका लागी प्रत्येक खेलका लागी खेल संयोजक तोकिएको समेत श्रेष्ठले बताएका छन् ।