एमाले ओखलढुङ्गाका पूर्वअध्यक्ष कटवालले छोडे पार्टी

532
Shares

ओखलढुङ्गा ।

नेकपा एमाले ओखलढुङ्गाका पूर्वजिल्ला अध्यक्ष शङ्कर कटवालले पार्टी छाडेका छन्। जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन्।

पार्टीबाट राजीनामा दिँदै उनले भनेका छन्- ‘दसौँ जिल्ला अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखियो। जुन खालका अरोप-प्रत्यारोपको होड बाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो।  मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभूति गरेको थिइन। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिक कर्मीको भविष्य बन्छ ,न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ । यही कुरालाई महसुस गरी मैले ओखलढुङ्गा जिल्ला पार्टी इन्चार्ज  क.खगेन्द्र राई मार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजीनामा पढाइ सकेको छु । आजबाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु।’

बुधबार सकिएको एमाले ओखलढुङ्गाको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो। उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए।