प्रशिक्षणका लागि २ लाख बढी सहयोग

470
Shares

काठमाडौं ।

नेसनल पाराल्याम्पिक कमिटी (एनपीसी) नेपालले नेपाल तेक्वान्दो संघलाई नगद २ लाख १५ हजार पेरिस पाराओलम्पिक २०२४ मा प्रशिक्षण तयारीको लागि प्रदान गरेको छ।

एनपीसीका अध्यक्ष राधा घलेले संघका उपाध्यक्ष भानबहादुर चन्दलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। पलेशा गोर्वधन पेरिस पाराओलम्पिक गेम्सका लागि छनोट भएकी हुन्। पलेशालाई प्रशिक्षण गर्न तयारी बापत दिएको एनपीसीका अध्यक्ष घलेले बताइन्।

गोर्वधनले गत जापानमा मिति २०७८ भदौ ८ गते देखि २० गते सम्म सम्पन्न भएको टोकियो २०२० पाराओलम्पिक गेम्समा पलेशा गोर्वधनले दुई खेल अमेरिका र सर्बियाका खेलाडीलाई हराएर इतिहास कायम गर्न सफल भएकी थिइन्।