बाबु सापले जिते ‘किङ्ग अफ दि रिङ्ग बेल्ट’

140
Shares

काठमाडौं ।

हिमालयन टाइगर प्रो रेस्लिङ एशोसिएसनको आयोजनामा मेगा इभेन्ट–२४ सम्पन्न भएको छ। राजधानीको खुल्ला मञ्चमा भएको यस इभेन्टमा महिला पुरुष गरी १२ जना खेलाडीले भाग लिएका थिए।

यस इभेन्टमा इण्डियन रेस्लर खेलाडीको पनि सहभागिता रहेको थियो। ‘से नो टु ड्रग्स’ भन्ने मूल नाराका साथ यो इभेन्ट संचालन भएको हो।

यस खेलमा ‘किङ्ग अफ दि रिङ्ग बेल्ट’ प्रो रेसलर मिस्टर बाबु सापले प्राप्त गरे । उनले तराई टाइगर र सिन्धुपाल्चोक टाइगरलाई हराउँदै उपाधि जितेका हुन् ।