अन्तरप्रदेश भलिबलमा सेमिफाइनल समीकरण पुरा

3.85k
Shares

चितवन

प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलको पुरुष र महिला दुबैतर्फ सेमिफाइनलको समीकरण पुरा भएको छ।
महिलातर्फ लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेश अन्तिम चारमा पुगेका हुन्।

बुधबार लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई, कर्णालीले मधेस प्रदेशलाई, गण्डकीले कोशी प्रदेशलाई हराएर अन्तिम चारको स्थान पक्का गरेका हुन्। सेमिफाइनलमा लुम्बिनीले गण्डकीको सामना गर्दा बागमती प्रदेशले कर्णालीको सामना गर्नेछ।

पुरुषतर्फ कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम अन्तिम चारमा प्रवेश गरेका छन्। पुरुषतर्फको पहिलो खेलमा लुम्बिनीले बागमतीलाई सोझो सेटमा हराएको थियो। दोस्रो खेलमा कोशीले सुदूरपश्चिमलाई हराउन निकै मेहनत गर्नुपर्‍यो। यो खेलमा कोशीले २५–२०, २०–२५, १७–२५, २५–१८ र १५–१३ को जित निकालेको थियो।

अन्तिम खेलमा कर्णाली र गण्डकीबीच पनि निकै प्रतिस्पर्धा भएको थियो। जसमा गण्डकीले ३–२ सेटको जित निकाल्न सफल भयो । यो खेल गण्डकीले २१–२५, २५–११, २३–२५, २५–१६ र १५–१३ ले जितेको थियो। सेमिफाइनल खेलमा कोशीले कर्णालीको सामना गर्दा गण्डकी सुदूरपश्चिमसँग खेल्नेछ।