गागाले गरिन् तेस्रोपटक इन्गेजमेन्ट

112
Shares

काठमाडौं ।

चर्चित अमेरिकी गायिका लेडी गागा तेस्रोपटक इन्गेजमेन्ट गरेको खबरले चर्चामा छिन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार लेडी हाल उद्यमी माइकल पोलान्स्कीसँग डेटमा छिन्।

आफ्नो माझी औ“लामा लगाएको औँठीका कारण उनले प्रेमीका साथ इन्गेजमेन्ट गरेको गसिप चलिरहेको छ। पछिल्लो सातादेखि चलेको उनको प्रेमको चर्चाले हाल अमेरिकी सञ्चारमाध्यम भरिएको छ भने गागाको नयाँ सम्बन्धको खबरले उनका फ्यान खुसी छन्।

उमेरले ३८ पुगेकी गागाका यसभन्दा अघिका दुई इगेजमेन्ट टुटेका थिए। सन् २०१५ को भ्यालेन्टाइनडेमा उनले टेलर किनीका साथ इन्गेजमेन्ट गरेकी थिइन् भने उनीसँगको सम्बन्ध टुटेपछि हलिउड ट्यालेन्ट एजेन्ट क्रिस्चियन क्यारिनोका साथ नजिकिएकी उनले क्यारिनोका साथ दोस्रोपटक इन्गेजमेन्ट गरेकी थिइन्।

तर,उनीसँगको सम्बन्धमा दरार आएपछि गागा हाल तेस्रोपटक इन्गेजमेन्टमा बाँधिएकी छन्।