राजस्थान गुजरातसँग ३ विकेटले पराजित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो।

राजस्थानले दिएको १९७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो। गुजरातका लागि अन्तिम बलमा २ रन आवश्यक थियो। रासिद खान ब्याटिङ गरिरहेका थिए। उनले अन्तिम बलमा चौका प्रहार गर्दै जित दिलाए।

यसअघि राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो। जारी आईपीएलमा राजस्थानको यो पहिलो हार हो।

५ खेलमा ४ जित र एक हारसहित राजस्थान ८ अङ्क हासिल गर्दै शीर्ष स्थानमा कायम रहेको छ। त्यस्तै गुजरातको भने यो तेस्रो जित हो। ६ खेलमा ३ जित र ३ हार बेहोर्दै गुजरात ६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्